जेन जी आन्दोलनमा मृत्यु भएका ७ जनाको पहिचना अझै खुलेन

मंसिर ८, २०८२ | काठमाडौं

जेन जी आन्दोलनका क्रममा मृत्यु भएकामध्ये ७ जनाको अझै पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।

 आन्दोलनको क्रममा ४९ जनाको मृत्यु भएकोमा ७ जनाको पहिचान हुन बाँकी रहेको काठमाडौं प्रहरीको भनाइ छ । आज आयोजित पत्रकार सम्मेलनमा परिसरका प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले दर्ता भएका मुद्दामा प्रहरीले हालसम्म २ सय ६७ जनालाई पक्राउ गरेको जानकारी दिनुभयो । त्यस्तै १ सय ५४ मुद्दा दर्ता गरिएको उहाँले जानकारी दिनुभयो ।

न्यायिक प्रक्रियामा पेस गरिएका अभियुक्तमध्ये २३ जना धरौटीमा रिहा भएका छन् भने ४३ जना पुर्पक्षका लागि थुनामा राखिएको छ । त्यस्तै जेन–जी आन्दोलनसँग सम्बन्धित हालसम्म १ सय ४ वटा जाहेरी दर्ता भएको छ । उजुरीमध्ये व्यक्तिगत २२, सरकारी कार्यालयसँग सम्बन्धित ६६ र संस्थागत तथा व्यापारिक प्रतिष्ठानका १६ वटा रहेको एसपी भट्टराईले जानकारी दिनुभयो ।  


प्रतिक्रिया