निर्वाचन चिह्नसहित ६४ दलले बुझाए समानुपातिकको सूचि

रेडियो कान्तिपुर संवाददाता

पुस १५, २०८२ | काठमाडौं

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावका लागि ६४ राजनीतिक दलले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाएका छन् । ५४ वटा राजनीतिक दलले आ–आफ्नो निर्वाचन चिन्हमा र १० वटा राजनीतिक दलले ४ वटा एकल चुनाव चिन्हमा निर्वाचनमा भाग लिने गरी बन्दसूची पेस गरेको आयोगले जनाएको छ।

 एमाले, कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेपाल,जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा लगायतका दलले एकल चिन्हमा प्रतिस्पर्धा गर्ने भएका छन् । नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल र नेपाल जनजागृति पार्टीले चिन्हबाट लड्ने भएका छन् ।

 त्यस्तै, राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले एउटै चुनाव चिन्ह रोजेका छन् । सचेत नेपाली पार्टी र नागरिक सर्वोच्चता पार्टी नेपालले संयुक्त रुपमा प्रतिस्पर्धा गर्दा आम जनता पार्टी र जनादेश पार्टी नेपालले पनि एकल चिन्हबाट समानुपातिकमा चुनाव लड्ने भएका छन् । २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीबाट १ सय १० जना निर्वाचित हुने व्यवस्था छ ।


प्रतिक्रिया