प्रधानमन्त्री कार्की र प्रसाईंबीच भेटवार्ता
पुस १५, २०८२ | काठमाडौं
प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्ति र अमनचयन कायम राखी दिगो लोकतन्त्र स्थापना गर्ने एक मात्र माध्यम निर्वाचन रहेकाले सहयोग गर्न सबैलाई आग्रह गर्नुभएको छ।
बालुवाटारमा आज राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका अगुवा दुर्गा प्रसाईँसँगको भेटमा प्रधानमन्त्री कार्कीले अब मुलुकले अस्थिरता र अशान्ति थेग्न नसक्ने भएकाले आफ्ना माग र असन्तुष्टि शान्तिपूर्ण माध्यमबाट राख्न समेत आग्रह गर्नुभयो।
मुलुक निर्वाचनमा होमिइसकेको भन्दै उहाँले अब जनताबाट आफ्ना मुद्दा अनुमोदन गराउनु नै लोकतान्त्रिक निकासको एक मात्र विकल्प रहेको जिकिर गर्नुभयो ।
वार्ता औपचारिकतामा सीमित नरहेर सत्ताको कक्षसम्म भुइँमान्छेको आवाज जबर्जस्त रूपमा प्रवेश भएकाले अब निर्णयाककक्षमा जनताको पीडा, आक्रोश र अपेक्षा बोलिन थालेको भेटपछि सामाजिक सञ्जालमा प्रसाईंले उल्लेख गर्नुभएको छ ।









