सामाजिक सञ्जालमा होहल्ला गर्नेहरुलाई मुक्तिदाता ठानिएको छ : संयोजक दाहाल
पुस १५, २०८२ | काठमाडौं
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सामाजिक सञ्जालमा विचारविहीनहरुले देश कब्जा गरिसकेको जसरी प्रचार भइरहेको बताउनुभएको छ। काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै दाहालले सामाजिक सञ्जालमा होहल्ला गर्नेहरुलाई मुक्तिदाता ठान्न खोजिएको जिकिर गर्नुभयो ।
दलहरु सिधिएको जस्ता भ्रम सृजना गरिएको दाहालले टिप्पणी गर्नुभयो । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा, उज्यालो नेपाल पार्टी र काठमाडौंका मेयर बालेन्द्र शाहबीचको एकताले राजनीतिमा नयाँ तरंग ल्याएका बेला दलहरुका नेताहरुको पछिल्लो अभिव्यक्ति सार्वजनिक भएको हो ।









