एनभीए क्लव भलिवल च्याम्पियनसिपमा पुरुषतर्फ एपीएफ र खिल्जी युवा क्लब क्वार्टरफाइनलमा प्रवेश

रेडियो कान्तिपुर संवाददाता

पुस १५, २०८२ | काठमाडौं

काठमाडौंमा जारी एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनशिपमा पुरुषतर्फ नेपाल एपीएफ क्लब र खिल्जी युवा क्लब क्वाटरफाइनलमा पुगेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्डहलमा आज भएको पहिलो खेलमा एपीएफले मणिमुकुन्द भलिबल क्लबलाई ३–० को सोझो सेटमा हरायो।

 एपीएफले मणिमुकुन्द भलिबल क्लबलाई २५–१०, २६–१६ र २९–२७ ले हरायो । यस्तै खिल्जीले पनि ढोरपाटन स्पोट्र्स क्लबलाई ३–० को सोझो सेटमा हरायो। खिल्जीले ढोरपाटनमाथि २५–१५, २५–१९ र २५–२३ को जित निकाल्यो । 

यसअघि रुकुम पश्चिम भलिबल क्लब, त्रिभुवन आर्मी क्लब, हेल्प नेपाल स्पोट्र्स क्लब र नेपाल पुलिस क्लब क्वाटरफाइनलमा पुगिसकेका छन् । महिलातर्फ नेपाल एपिएफ क्लबविरुद्ध ३–२ को रोमाञ्चक जित हात पार्दै नेपाल पुलिस क्लब महिलातर्फ सेमिफाइनलमा प्रवेश गरेको छ । पुलिसले एपीएफलाई २५–२१, २५–१५, २२–२५, २१–२५ र १५–९ ले हरायो । पुलिसले अब भोली मधेश प्रदेशसँग खेल्ने तालिका छ। 


प्रतिक्रिया