एकीकरण पदमार्गमा नेपाली सेनाको पदयात्रा शुरु

पुस २१, २०८२ | गोरखा

नेपाल एकीकरणको क्रममा प्रयोग गरेको पैदलमार्गमा नेपाली सेनाले पदयात्रा शुरु गरेको छ । गोरखाको गोरखा दरवार स्थित हनुमानभञ्ज्याङबाट आज नेपाली सेनाले पदयात्रा शुरु गरेको हो। 

पदयात्राको पहिलो दिन नेपाली सेनाको रुद्रध्वज गणले भिमसेन थापा–८ बोर्लाङ स्थित घाटवेशी सम्मको यात्रा गर्ने छ । पदयात्रा टोली धादिङ, नुवाकोट हुदै काठमाडौ पुग्ने छ ।

 गोरखा दरवारबाट काठमाडौ स्थित हनुमानढोका सम्मको २६ कोषको पदयात्रा धादिङ, नुवाकोट हुदै पौष २७ गते पृथ्वीजयन्तीका दिन काठमाडौमा पुगेर टुगीने छ । एकिकरण पदमार्गका पुरानो गढी, किल्ला, पाटीपौवा, कोशेढुङ्गा जगेर्ना गर्ने नेपाल सरकारको निति वमोजिम नेपाली सेनाले २०७६ सालबाट हरेक वर्ष पदयात्रा गर्दै आएको छ ।  



प्रतिक्रिया