भदौ २३ र २४ को घटनाबारे बालेन्द्र शाहको लिखित बयान

रेडियो कान्तिपुर संवाददाता

पुस २२, २०८२ | काठमाडौं

भदौ २३ र २४ गतेका घटनाबारे जाँचबुझ गर्न गठित समितिसमक्ष काठमाडौं महानगरपालिकाका मेयर एवं रास्वपा नेता बालेन्द्र शाहले लिखित बयान बुझाउनुभएको छ ।

आयोगका सदस्य विज्ञानराज शर्माका अनुसार आयोगले पठाएका प्रश्नहरूको जवाफमा शाहले लिखित बयान बुझाउनुभएको हो । यसअघि शाहले राष्ट्रिय मानव अधिकार आयोग पुगेर समेत बयान दिनुभएको थियो ।

सिंहदबार जलाइएको प्रसंगदेखि महानगरको सुरक्षा र दमकल समयमा नपुगेको लगायत बिषयमा प्रश्न सोधिएको बताइन्छ । 


प्रतिक्रिया