तनाव बढेपछि वीरगञ्जका केही क्षेत्रमा भोलि विहानसम्म कफ्र्यु जारी

पुस २१, २०८२ | पर्सा

वीरगन्जमा निषेधाज्ञाकाबीच दुई समूहको प्रदर्शन नरोकिएपछि स्थानीय प्रशासनले भोली बिाहान सम्मका लागि कफ्र्यू आदेश जारी गरेको छ । 

यसअघि आज अपरान्ह एक बजेदेखि निषेधाज्ञा लगाएपनि दुवै पक्षले ठाउँठाउँमा प्रदर्शन नरोकेपछि स्थिति नियन्त्रणमा राख्न कफ्र्यू लगाइएको हो । 

प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार आज साँझ ६ बजेदेखि भोली बिहान ८ बजेसम्मका लागि पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया पुल, उत्तरमा पावरहाउस चोक र दक्षिणमा शंकराचार्य गेट क्षेत्रभित्र कफ्र्यू लगाइएको हो ।

कफ्र्यू अवधिमा आवतजावत, भेला, जुलुस, सभा, बैठक लगायत गतिविधि नगर्न र अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन स्थानीय प्रशासनले आग्रह गरेको हाम्रा सहकर्मीले जनाएका छन् । 


प्रतिक्रिया