नेपाली क्रिकेटर दीपेन्द्रसिंह ऐरी जेबी ब्रुजेसमा अनुबन्ध

चैत्र ६, २०८२

नेपाली राष्ट्रिय क्रिकेट टिमका उपकप्तान दीपेन्द्रसिंह ऐरीले पहिलो संस्करणको युरोपियन टी–२० बेल्जियम खेल्ने भएका छन् ।

लिगमा दीपेन्द्रलाई जेबी ब्रुजेसले आफ्नो टोलीमा अनुबन्ध गराएको उनले आफ्नो सामाजिक संजालमार्फत जनाएको हो । 

नेपाल प्रिमियर लिग एनपिएल पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्स स्वामित्वमा रहेको कम्पनीकै अधिनमा ब्रुजेज पनि रहेको छ । 

दीपेन्द्र अनुबन्ध भएको टोलीमा वेस्ट इण्डिजका पुर्व क्रिकेटर शिबनारायण चन्द्रपल मुख्य प्रशिक्षकमा रहेका छन् । 

यसअघि अर्का क्रिकेटर सन्दीप लामिछानेलाई पनि यसै लिगका टोली लिज रेड लायन्सले आफ्नो टोलीमा अनुबन्ध गराएको थियो ।

 पहिलो संस्करणको यस लिगमा ६ टोलीको सहभागीता रहनेछ । 


प्रतिक्रिया