चुनावमा ५ अर्ब ३७ करोड खर्च भएको निर्वाचन आयोगको भनाइ

रेडियो कान्तिपुर संवाददाता

चैत्र ५, २०८२ | काठमाडौं

निर्वाचन आयोगले फागुन २१ गते एकै चरणमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा ५ अर्ब ३७ करोड रुपैया खर्च भएको बताएको छ । चुनावका लागि अर्थ मन्त्रालयबाट ६ अर्ब ७६ करोड रुपैयाँको स्रोत सहमति प्राप्त भएकोमा मितव्ययी रुपमा खर्च भएको आयोगको भनाइ छ । 

आयोगका अनुसार ५० प्रकारका निर्वाचन सामग्रीमध्ये ३७ प्रकारका निर्वाचन सामग्री प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयहरूबाटै खरिद गरिएको थियो भने १३ प्रकारका सामग्री आयोगबाट खरिद भई जिल्लागत रूपमा ढुवानी गरिएको थियो । आयोगका अनुसार २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा खस आर्य समूहबाट झन्डै ५० प्रतिशत सदस्य निर्वाचित भएका छन् । आज आयोजित पत्रकार सम्मेलनमा निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले निर्वाचित सदस्यको समावेशी विवरणबारे जानकारी दिनुभयो ।

आयोगका अनुसार प्रत्यक्ष प्रणालीतर्फ यस पटक ५ दशमलव ४५ प्रतिशत मत बदर भएको छ । यस्तै समानुपातिकतर्फ ३ दशमलव ९५ प्रतिशत मत बदर भएको छ । दुवै निर्वाचन प्रणालीतर्फ गरी औसतमा ४ दशमलव ७ प्रतिशत मत बदर भएको आयोगले जनाएको छ । 


प्रतिक्रिया