पार्टी सञ्चालनका लागि कसैबाट चन्दा नउठाउने लामिछानेको प्रतिबद्धता

रेडियो कान्तिपुर संवाददाता

फाल्गुन ८, २०८२ | काठमाडौं

चुनावी सभालाई तीव्र बनाएको राष्ट्रिय स्वतन्त्र पार्टीले आज दाङमा सभाको आयोजना गरेको छ । प्रदेशस्तरीय चुनावीसभामा केन्द्रित भएको सो पार्टीले मतदाता भेटघाटसंगै सभा गरेको हो ।

दाङको चुनावी सभामा पार्टीका सभापति रवि लामिछाने सहितका नेताहरुले सम्बोधन गरेका छन् । सभालाई सम्बोधन गर्दै पार्टी सभापति लामिछानेले पार्टी सञ्चालनका लागि कसैबाट चन्दा नउठाउने प्रतिबद्धता जनाउनुभयो ।

चुनाव प्रचार प्रसारका क्रममा भएका केही घटनालाई लिएर पार्टीको बदनाम गराउने प्रयास भइरहेको सभापति लामिछानेको भनाइ थियो । अराजक गतिविधि आफूहरुको पार्टीबाट नहुने उहाँले बताउनुभयो ।

देशव्यापी प्रचार प्रसार शुरु गरेको रास्वपाले यसअघि धनगढीमा सुदूरपश्चिम र सुर्खेतमा कर्णाली प्रदेशस्तरीय सभा गरिसकेको छ । यसैबीच, रास्वपाले भैरहवा र पोखरामा हुने भनिएको सभा स्थगित गरेको छ । 


प्रतिक्रिया