पार्टीको झण्डा जलाउनेलाई कारबाही नगरे प्रतिवादमा उत्रिने एमालेको चेतावनी

रेडियो कान्तिपुर संवाददाता

फाल्गुन ८, २०८२ | काठमाडौं

नेकपा एमालेको नेशनल भोलेन्टियर्स फोर्सले आफ्नो पार्टीको झण्डा जलाउनेलाई प्रशासनले कारबाही नगरे प्रतिवादमा उत्रिने चेतावनी दिएको छ । 

रास्वपाका शीर्ष नेताबाट एमाले नेतृत्वमाथि अनावश्यक लाञ्छना लगाइएको र पार्टीको झण्डा समेत जलाइएको भन्दै फोर्सले कारबाहीको माग गरेको हो । 

फोर्सका प्रमुख कमाण्डर पुष्पराज श्रेष्ठले वक्तव्य जारी गर्दै झण्डा जलाउने, उत्तेजना फैलाउने र द्वेष भड्काउने कार्यलाई नरोकिए सशक्त प्रतिवाद गर्ने चेतावनी दिनुभएको छ ।


प्रतिक्रिया