त्रिशूली नदीमा बस खस्यो
फाल्गुन ११, २०८२ | काठमाडौं
पोखराबाट काठमाडौं आउँदै गरेको बस त्रिशूली नदीमा खसेको छ ।
धादिङको बेनीघाट रोराङ गाउँपालिकाको चरौदी नजिकै रहेको चाइनाधाराबाट बिहान करिब सवा १ बजेतिर ग २ ख १४२१ नम्बरको बस त्रिशूलीमा खसेको हो ।
जिल्ला ट्राफिक कार्यालय धादिङका प्रमुख शिशिर थापाका अनुसार घटनामा १८ जनाको मृत्यु भएको छ ।
घाइते २५ मध्ये १७ जनालाई उपचारकालागि विभिन्न अस्पताल पठाइएको राजमार्ग उद्दार व्यवस्थापन समितिको अध्यक्ष राजकुमार ठकुरीले जानकारी दिनुभयो ।
बसमा ३५ भन्दा बढी यात्रु सवार रहेको बताइएको छ ।










