मध्यपूर्वका मुलुकहरुमा हवाइ उडान सञ्चालनको सम्भावनाबारे अध्ययन गरिने

रेडियो कान्तिपुर संवाददाता

फाल्गुन २६, २०८२ | काठमाडौं

सरकारले मध्यपूर्वमा उत्पन्न तनाववीच सो क्षेत्रका मुलुकमा हवाई उडान सञ्चालनका लागि सम्भावनाबारे अध्ययन गर्ने भएको छ । परराष्ट्र सचिव अमृतबहादुर राईको संयोजकत्वमा गठित इमजेन्सी रेस्पोन्स टिमको पछिल्लो बैठकले हवाइ उडान सञ्चालनको उपाय खोजी गर्ने निर्णय गरेको हो ।

मध्यपूर्वी देशमा हवाई उडान बन्द हुँदा ट्रान्जिटमा परेका नेपालीको उद्धार गरी सम्बन्धित गन्तव्यसम्म पु¥याउने गृहकार्य अघि बढाएको बताइएको छ । बैठकमा त्यहाँ रहेका नेपालीको सुरक्षा र हित संरक्षणका विषयमा सरकारका तर्फबाट हालसम्म भएका प्रयास तथा प्रगतिबारे समीक्षा गरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार नेपाली नागरिकको सुरक्षा, हित तथा कल्याण सुनिश्चित गर्न आवश्यक समन्वय र पहललाई निरन्तरता दिने समेत निर्णय भएको छ । इरानमाथि अमेरिका र इजरायलको आक्रमणपछि मध्यपूर्वी क्षेत्रमा रहेका नेपालीको सुरक्षालाई लिएर चिन्ता व्यक्त भइरहेका छन् । 


प्रतिक्रिया