सरकार गठन गर्न एक साता लाग्ने

रेडियो कान्तिपुर संवाददाता

फाल्गुन २७, २०८२ | काठमाडौं

प्रतिनिधि सभा सदस्य निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गर्न एक साता लाग्ने भएकाले सरकार गठनको प्रक्रिया पनि लम्बिएको छ । समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने १ सय १० जना उम्मेदवार टुङ्गो लाग्ने प्रक्रिया लम्बिने भएकाले सरकार गठनका लागि समय लाग्ने भएको हो । 

राष्ट्रपतिले प्रतिनिधि सभाका लागि भएको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र संघीय संसद्को अधिवेशन आह्वान गर्ने उल्लेख छ । अधिवेशन आह्वान भएपछि मात्रै नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने संवैधानिक व्यवस्था छ । 

नतिजा घोषणा भएको सात दिनभित्र आयोगले राष्ट्रपतिसमक्ष सोसम्बन्धी प्रतिवेदन पठाउनुपर्ने व्यवस्था छ । यसरी प्रतिवेदन प्राप्त भएको मितिले ३० दिनभित्र राष्ट्रपतिले अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था छ । यस हिसाबले हेर्दा सरकार गठन प्रक्रिया करिब दुई सातापछि मात्रै सुरु हुने देखिन्छ ।


प्रतिक्रिया