राष्ट्रिय महिला लिग फुटबलमा बागमतीको जित

चैत्र ५, २०८२ | काठमाडौं

बागमती युथ क्लबले सहिद स्मारक राष्ट्रिय महिला लिग फुटबलमा विजयी सुरुवात गरेको छ । 

ललितपुरको च्यासलस्थित मैदानमा आज भएको खेलमा बागमतिले आरएस रिसोर्ट एन्ड बिच फुटबल क्लबलाई ५–४ ले हरायो । 

बागमतीको जितमा अस्मिता मगर र दीक्ष्या रनपालले समान २/२ तथा प्रजिता राई एक गोल गरिन् । 

आरएस रिसोर्टका लागि गीता श्रेष्ठाले २ तथा तुलसी कुमारी ओली र वर्षा कुँवरले एक–एक गोल गरिन् । 

यस जितसँगै बागमतीले लिगमा महत्वपूर्ण तीन अंक जोडेको छ । 

लिगअन्तर्गतको अर्को खेलमा अहिले नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेडबीच च्यासल मैदानमा प्रतिस्पर्धा भईरहेको छ । 


प्रतिक्रिया