भदौ अन्तिम साता नियमित महाधिवेशन गर्ने कंग्रेसको तयारी

रेडियो कान्तिपुर संवाददाता

चैत्र १०, २०८२ | काठमाडौं

नेपाली कंग्रेसले पार्टीको १५ औं महाधिवेशन आगामी भदौ अन्तिम साता गर्ने भएको छ । सभापति गगन थापाले केन्द्रीय कार्यसमिति बैठकमा १५ औं महाधिवेशनको कार्यतालिका प्रस्ताव गर्नुभएको छ । चैतबाट प्रक्रिया सुरू गरी भदौ २४ गतेदेखि तीन दिनसम्म महाधिवेशन गर्नेे प्रस्ताव थापाले राख्नुभएको हो । विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिको वैधानिकताको मुद्धा अदालतमा विचाराधिन रहेको अवस्थामा कंग्रेसले नियमित महाधिवेशन गर्ने भएको हो । सभापति थापाले पार्टीभित्रका सबै पक्षलाई समेटेर महाधिवेशनका लागि अघि बढ्ने बताउनुभयो ।

निर्वाचनमा पराजय भोगेपछि नैतिक जिम्मेवारी लिदै थापाले दिएको राजिनामा अस्वीकृत भएलगत्तै नियमित महाधिवेशनमा जाने तयारी गरिएको हो । कार्यसमिति बैठकमा कंग्रेसले निर्वाचन नतिजाको समिक्षा समेत गरिरहेको छ । निर्वाचनपछि पहिलो पटक कार्यसमिति बैठकमा सहभागी भएका सभापति थापाले निर्वाचनमा भोट माग्न नगएको भन्दै अर्को पक्षप्रति असन्तुष्टी जनाउनुभएको छ ।

 नियमित महाधिवेशनबारे पूर्व सभापति शेरवहादुर देउवा पक्षीय नेताहरुले लिने नीतिले कंग्रेसको आन्तरिक जीवनलाई प्रभावित पार्ने देखिएको छ । 


प्रतिक्रिया