‘कान्तिपुर म्याक्स’बाट आईपीएलको प्रत्यक्ष प्रसारण
चैत्र १०, २०८२ | काठमाडौं
कान्तिपुर म्याक्सले इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको प्रत्यक्ष प्रशारण गर्ने भएको छ । लगातार दोस्रो वर्ष कान्तिपुर म्याक्सले आइपीएलको प्रत्यक्ष प्रसारण गर्न लागेको हो ।
सन् २००८ बाट सुरु भएको आईपीएलको १९ औं संस्करण आगामी शनिबारबाट सुरु हुँदैछ । उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन रोयल च्यालेन्जर्स र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुनेछ ।
आईपीएलको प्रत्यक्ष प्रसारणले नेपाली दर्शकलाई थप उत्साहित बनाउने अपेक्षा कान्तिपुर म्याक्सले राखेको कान्तिपुर मिडिया ग्रुपका प्रमुख कार्यकारी अधिकृत महेश स्वाँरले बताउनुभयो ।









