रवि लामिछानेको अभियोगपत्र संशोधन गर्ने निर्णयविरुद्धको रिट हेर्दाहेर्दैमा

रेडियो कान्तिपुर संवाददाता

चैत्र १०, २०८२ | काठमाडौं

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेसहितको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोगपत्र संशोधन गर्ने महान्यायाधिवक्ता सविता भण्डारीको निर्णयविरुद्धको रिट हेर्दाहेर्दै पर्सि बिहिबारलाई पेसी तोकिएको छ ।

 न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजिज मुसलमानको इजलासमा पेसी रहेको मुद्दा हेर्दाहेर्दै राखेर सुनुवाइ भइरहेको छ । यसघि न्यायाधीशद्वय शारंगा सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले तीन दिन बहस सुनेर फाइल मगाउने आदेश गरेको थियो । 

आज पनि बहस जारी रहेपछि हेर्दाहेर्दैमा राखिएको सर्वोच्चका प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिनुभयो । हिजोबाट सुरु भएको सुनुवाइ रिट निवेदकतर्फको बहस सकिएको छ । रिट निवेदकका तर्फवाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, सुरेन्द्र भण्डारी, टिकाराम भट्टराई, अधिवक्ताहरु टिका कुँवर,उपेन्द्र राउत र अनुपम भट्टराईले बहस गर्नुभयो ।  


प्रतिक्रिया