भारतमा पहिरोले गाडी पुरिँदा तीन नेपालीको मृत्यु, दुई घाईते

असार २२, २०७४ | दार्चुला

 

भारतको पिथौरागढ जिल्लाको धारचुलानजिकै घट्टेधारमा पहिरोमा पुरिएर तीन नेपालीको मृत्यु भएको छ । दुई जना घाईते भएका छन् । सिमावर्ती बजार धारचुला जाने क्रममा पहिरो खसेर गाडी पुरिदा त्यसमा सवार दार्चुलाको दुहु गाउपालिका १ पिपलचौरी सौतोलीका हिरादेवी बम, उनका छोरा अन्दाजी २२ वर्षीय ओमकार र १४ वर्षीय छोरी प्रिङका बमको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा सोही ठाउँका अन्दाजी २४ वर्षीय डमरीदेवी बम र २१ वर्षीय माधुरी बम घाईते भएको दार्चुलाका डिएसपी केदार खनालले जानकारी दिनुभयो । उनीहरुको धारचुला संयुक्त चिकित्सालयमा उपचार भईरहेको छ । 

दुर्घटनामा गाडी चालक भारत पिथौरागढ जुमाग्रामका विनोद विश्वकर्मा र सोही स्थानका झुछाल सिहको समेत मृत्यु भएको भारतीय पुलिसलाई उद्धित गर्दै जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । 

 


प्रतिक्रिया