प्रतिबन्धित भारतीय रुपैयाँको कारोबार गर्ने दुई जना पक्राउ

रेडियो कान्तिपुर संवाददाता

असार २८, २०७४ | काठमाडौं

 

प्रतिबन्धित भारतीय रुपैयाँको कारोबार गर्ने दुई जनालाई प्रहरीले काठमाण्डौबाट पक्राउ गरेको छ । भारत सरकारले प्रतिबन्ध लगाएको पाँच सय दरको ३ हजार ७ सय नोट र एक हजारको ३ हजार १ सय नोटसहित रामेछापको खाँदादेवी गाउँपालिका ८ का ३७ वर्षीय मानबहादुर लामा र स्वयम्भुका ३० वर्षीय अमित डंगोललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पाँच सय र एक हजारका नोटका दरले उनीहरुबाट कुल ४९ लाख ५० हजार भारतीय रुपैयाँ बरामद भएको प्रहरी उपरिक्षक मिरा चौधरीले जानकारी दिनुभयो । उनीहरुलाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान विभागमा बुझाइएको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले जनाएको छ । 


प्रतिक्रिया