खोटाङमा वाम गठबन्धनको वर्चस्व

मंसिर २३, २०७४ | खोटाङ

-  खोटाङमा जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभामा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् । प्रतिनिधि सभामा वाम गठबन्धनको तर्फबाट एमालेका विशाल भट्टराईले ३५ हजार तीन सय ७६ मत प्राप्त गरी विजयी बनेका हुन् । उनले कांग्रेसकी सरस्वती बजिमयलाई १३ हजार सात सय ६५ मतान्तरले हराएका हुन् ।

बजिमयले २१ हजार छ सय १३ मत प्राप्त गरेकी छन् । प्रदेशसभा खोटाङ (क) मा वाम गठबन्धनको तर्फबाटै एमालेका राजन राई र प्रदेशसभा (ख) मा पनि वाम गठबन्धनकै माओवादी केन्द्रका रामकुमार राई विजयी भएका छन् । वाम गठबन्धनका उम्मेदवार राजन राईले १८ हजार नौ सय ३३ मत प्राप्त गरेका छन् । 

उनका निकटतम प्रतिद्वन्दी कांग्रेसका उम्मेदवार सुवास कुमार पोखरेलले १३ हजार चार सय ११ मत प्राप्त गरे । प्रदेशसभा (ख)मा वाम गठबन्धनका रामकुमार राईले १८ हजार तीन सय ७२ मत प्राप्त गरी विजयी बनेका हुन् । उनका प्रतिद्वन्दी कांग्रेसका विष्णुकुमार राईले १२ हजार दुई ३९ मत पाएका छन् । कुल मतदाता एक लाख २५ हजार एक सय ८ मध्ये ७१ हजार तीन सय ११ मत खसेको थियो । 

 


प्रतिक्रिया