समानुपातिक तर्फ खोटाङमा एमाले पहिलो

मंसिर २७, २०७४ | खोटाङ

 -   समानुपातिक तर्फ प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा एमाले पहिलो भएको छ । बुधबार सम्पन्न मतगणना अनुसार एमालेले प्रतिनिधि सभाका लागि २४ हजार एक सय ३४ मत प्राप्त गरी पहिलो भएको हो । नेपाली कांग्रेसले प्रतिनिधि सभाका लागि २० हजार सात सय १८ मत प्राप्त गरी दोश्रो भएको छ ।

नेकपा माओवादी केन्द्रले १२ हजार चार सय ३३ मत ल्याउर तेश्रो भएको छ । संघीय समाजवादी फोरम नेपालले दुई हजार चार सय ५ मत प्राप्त गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले नौ सय ३२ प्राप्त गरेको छ । नयाँशक्ति नेपालले सात सय २७ मत प्राप्त गरेको छ । नेकपा मालेले पाँच सय ६६ मत ल्याएको छ भने राप्रपा प्रजातान्त्तिकले तीन सय छ मत प्राप्त गरेको मुल्य निर्वाचन कार्यालयले जनाएको छ । 

प्रदेश सभाका लागि एमालेलाई २१ हजार तीन सय ४९ मत खसेको छ । कांग्रेसलाई १६ हजार आठ सय ५१ र नेकपा माओवादी केन्द्रलाई १३ हजार पाँच सय २० मत खसेको छ । राप्रपालाई तीन हजार एक सय ७२ मत, संघीय समाजवादी फोरम नेपाललाई दुई हजार एक सय ४१ मत, नयाँशक्ति नेपाललाई सात सय ५४ मत र राप्रपा प्रजातान्त्रिकलाई छ सय ६८ मत खसेको छ मुख्य निर्वाचन कार्यालयले जनाएको छ । 

मुख्य निर्वाचन कार्यालयले जनाए अनुसार प्रतिनिधि सभामा चार हजार तीन सय ५५ र प्रदेश सभामा दश हजार पाँच सय ४६ मत रद्द भएको हो । समानुपातिकमा ७१ हजार दुई सय ५४ मत खसेको थियो ।  

 


प्रतिक्रिया