वीरगन्जको सुपर ग्यास उद्योगमा लागेको आगो नौ घण्टापछि आफै निभ्यो

पुस ५, २०७४ | वीरगन्ज

 -  पर्साको वीरगन्ज महानगरपालिकामा लागेको आगो करीब ९ घण्टा पछि आफै निभेको छ । वीरगन्ज महानगरपालिका २२ मा पर्ने सुखसैनामा रहेको सुपर ग्यास उद्योगमा लागेको आगो करीब नौ घण्टापछि आफै निभेको हो ।

प्रारम्भिक अनुमानअनुसार बुलेटबाट ग्यास लिक भएर बुधबार बिहान ६ बजेदेखि लागेको आगो दिउँसो करीब ३ बजे मात्रै आफै निभेको प्रहरीले जनाएको छ । ग्यास उद्योगमा लागेको आगो निभाउने प्रविधि नभएपछि लामो समयमा आफैं निभ्न पुगेको प्रहरी भनाई छ ।

भीषण आगलागी नियन्त्रणमा आएपछि अहिले स्थानीय, प्रहरी र उद्योग सञ्चालकहरु उद्योग भित्र प्रवेश गरेर नियाालिरहेका छन् ।  तर, आगो निभाउन दमकल भने प्रयोग गरिएपछि आगो निभाउन सकेको थिएन् । आगो निभाउने क्रममा दुई जनाको मृत्यु भएको छ भने दमकल चालक अरुणकुमार महतो र फायरम्यान सञ्जीव कुमार नेपाल घाइते भएका छन् ।

उनीहरुलाई उपचारका लागि काठमाडौं ल्याइएको छ । मृतक दुवैको खनाखत हुन सकेको छैन । पर्साका एसपी गणेश रेग्मीका अनुसार बुलेटबाट ग्यास लिक भएर आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । 

 


प्रतिक्रिया