विनाशकारी हावाहुरी : क्षतिको विवरण संकलन जारी
चैत्र १९, २०७५ | बारा
- बारा र पर्सामा विनाशकारी हावाहुरीले पुर्याएको क्षतिको यकिन विवरण अझै आउन सकेको छैन । राज्य पुनर्संरचनाका कारण जिल्लास्थित सरकारी कार्यालयको बदलिएको संरचना तथा कार्यशैलीमा आएको परिवर्तनका कारण क्षतिको यकिन विवरण आउन ढिलाई भएको बाराका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले बताउनुभयो ।
उहाँका अनुसार सरकारी कार्यालयबीच स्थापित समन्वय चक्रमा परिवर्तन आउँदा क्षतिको विवरण सुस्त रुपमा संकलन भैरहेको छ । केही कार्यालय स्थानीय निकाय अन्तर्गत र केही संघीय सरकारको मातहतमा रहेका कारण विवरण संकलनको गति तीव्र हुन नसकेको प्रमुख जिल्ला अधिकारी पौडेलेको भनाई छ ।