प्रमुख दलहरुको काराणले नै राजावादीको सक्रियता बढ्योः सीके राउत

फाल्गुन २५, २०८१ | काठमाडौं
जनमतका अध्यक्ष डा.सीके राउतले प्रमुख राजनीतिक दलहरुको काराणले नै राजावादी सक्रियताका बढेको आरोप लगाउनुभएको छ । रेडियो कान्तिपुरको द हेडलाइनर्समा कुरा गर्दै डा.राउतले नेपाली कांग्रेस र एमाले राजावादीको सहयोगी बन्दै गएको आशङ्का उब्जिएको बताउनुभयो ।
दुई ठूला दल मिलेर सरकार चलाउँदा समेत जनतामा निराशा कम नहुनु आश्चर्यजनक भएको टिप्पणी गर्नुभयो । मधेशी जनता पञ्चायतकालमा पनि गणतन्त्रप्रति झुकाव राख्दै आएकाले राजतन्त्रको पक्षमा नलाग्ने उहाँको भनाई थियो । जनताले भरोसा गरेको गणतन्त्र व्यवस्थाको रक्षाका लागि केन्द्रीय समितिको बैठक लगत्तै पार्टीले नयाँ रणनीति तय गर्ने राउतले बताउनुभयो ।