सांसद साहको रिहाईको माग गर्दै मलंगवा बजार बन्द

रेडियो कान्तिपुर संवाददाता

आश्विन ३०, २०७६ | सर्लाही

सांसद प्रमोद साहको रिहाईको माग गर्दै राष्ट्रिय जनता पार्टी राजपा नेपालले आज सर्लाही सदरमुकाम मलंगवा बजार बन्द गराएको छ । उनको रिहाईको माग गर्दै पार्टीका नेता/कार्यकर्ताले मलंगवा बजार बन्द गराएका हुन् ।

जनकपुरस्थित बुद्ध एयरको काउन्टरमा तोडफोड र कर्मचारीमाथि हातपात गरेको आरोपमा सांसद साह पक्राउ परेका थिए । बन्दका कारण मलंगवाका बजार ठप्प छ ।

सर्लाही क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद साहलाई तुरुन्त रिहाईको माग गर्दै राजपाका नेता कार्यकर्ताले बिहानै देखि नाराबाजी सहित टायर बालेर प्रदर्शन गरिरहेका छन् । आन्दोलनलाई ध्यानमा राखेर सदरमुकाम आसपासको क्षेत्रमा सुरक्षा सर्तकता बढाइएको छ । 


प्रतिक्रिया