विवाह गरेर सन्तान उत्पादनमा लाग्नुः प्रधानमन्त्री ओली

असार २७, २०८२ | काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिसँगै जनसंख्याको समान विकास नभए मानव अस्तित्व खतरामा पर्ने भएकाले समयमा विवाह गरेर सन्तान जन्माउन आग्रह गर्नुभएको छ । राष्ट्रिय जनसंख्या नीति सार्वजनिक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले २० बर्षपछि विवाह गरेर तीन जना सन्तान जन्माउन सकिने बताउनुभयो ।

हरेकले आफ्नो सन्तानवृत्तिलाई उत्तरदायित्वका रुपमा लिनुपर्ने प्रधानमन्त्री ओलीको भनाइ थियो । जनसंख्याको व्यवस्थापन अझै हुन नसकेको भन्दै उहाँले छिटो सन्तान जन्माउन प्रेरित गर्नुपर्ने बताउनुभयो ।

यसैबीच, नेपालमा जनसंख्या वितरण असन्तुलित हुन थालेको सरकारी अध्ययनले देखाएको छ । प्रजनन्दर घट्दै गएको, जनसंख्या वृद्धिदर घट्दै गएको, युवा जनसांख्यिकीय लाभांश लिन नसकिएको र बढ्दो आन्तरिक र बाह्य बसाईंसराइले जनसांख्यिकीय चुनौती थपिंदै गएको जनाइएको छ । सोही चुनौतीलाई समाधानका लागि सरकारले राष्ट्रिय जनसंख्या नीति ल्याएको छ । वर्तमान समयमा देखिएको जनसांख्यिकीय चुनौतीलाई समाधान गर्न नीतिले सहयोग पुग्ने सरकारले लक्ष्य लिएको छ । 


प्रतिक्रिया