माटोको शहरमा पाहुनाको लर्को 

आश्विन ३०, २०७६ | लोमन्थाङ्ग, मुस्ताङ्ग

‘माटोको शहर’ लोमन्थाङमा यति बेला बाह्य तथा आन्तरिक पर्यटकको लर्को लागेको छ । तिब्बतसँग धर्म, भाषा, भेषभुषा, रहन–सहन, संस्कार, संस्कृति मिल्ने मुस्ताङको उपल्लो भेग बालुवा नै बालुवाको सुख्खा अनौठो भूगोलले मात्र होईन । हिमालपारीको मुस्ताङ्ग र कम्युनिष्ट शासन ब्यवस्था अपनाएको चीनको स्वशासित तिब्बत सीमावर्ती लो मन्थाङ (कोरला नाका) पर्यटकका आकर्षण र कौतुहल हुन् । 

तिब्बती बोर्डरसम्म मोटरबाटोको सुगम भएपछि उपल्लो मुस्ताङ्गको लो मन्थाङमा आन्तरिक पर्यटकको ओईरो छ । सिमावर्ती छोसेर स्थित इलाका प्रहरी कार्यालयको अभिलेख अनुसार दशैंपछि दैनिक ३ सय बढी मोटरसाईकल र एक सयबढी जिप कोरला पुग्ने गरेका छन् । 

इलाका प्रहरी कार्यालय छोसेरका प्रहरी हवल्दार श्यामकुमार थापाले भन्नुभयो, ‘कोरला नाका हेर्न जाने आन्तरिक पर्यटक अधिक छन् । केही विदेशी पर्यटक पनि कोरला नाका हेर्न जाने गरेको छन् ।’ 

बाह्य पर्यटकलाई भने २०५० सालदेखि मात्र उपल्लो मुस्ताङ्गमा नियन्त्रित रुपमा प्रवेश खुल्ला गरिएको हो । राष्ट्रिय प्रकृति संरषण कोष अन्र्तगतको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) लो मन्थाङ्ग कार्यालयको अभिलेख अनुसार वार्षिक ४ हजार बढी बाह्य पर्यटक लो मन्थाङ पुग्छन । 

आकर्षक मध्ययुगीन वस्ती लो मन्थाङ्ग र मुस्ताङ्गका प्राचिन वस्ती हेर्न पर्यटक पुग्न थालेपछि रेष्टुरेन्ट, होटल तथा रेष्टुरेन्ट थपिन थालेका छन् । होटल ब्यवसायी समितिका अनुसार लोमन्थाङमा ३० लाखदेखि २० करोड रुपैयाँ सम्मको लगानीका ३० वटा होटल छन् ।

यी होटलमा २ सय २८ कोठामा ५ सय वेड रहेका छन् । यो वर्ष थप ५० कोठा थप हुँदैछन् । छोसेर र छोनुपमा १२ तथा चराङ र घमिमा पनि १५ बढी होटल छन् । 


प्रतिक्रिया