पुनर्वासमा ७ सय मत खसे 

मंसिर १४, २०७६ | कञ्चनपुर

कञ्चनपुरको पुनर्वास नगरपालिका ३ मा वडा ध्यक्षका लागि भईरहेको उपनिर्वाचन अन्तर्गत दिउँसो साढे १२ बजेसम्म ७ सय मत खसेको छ । मुख्य निर्वाचन अधिकृत गोपाल बास्तोलाका अनुसार निर्वाचन शान्तिपुर्ण ढंगले भईरहेको छ ।

११ सय ९९ मतदाता रहेको सो वडाको रामवस्ती स्थित गोरख आधारभूत विद्यालयमा मतदान भईरहेको हो । जिल्लामा दुईवटा मतदान केन्द्र राखिएका छन् । यसअघि निर्वाचित वडाध्यक्ष फैरु तामाङ जिल्ला समन्वय समिति प्रमुख भएपछि वडाध्यक्षको पद खाली भएको हो । 

 


प्रतिक्रिया