राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गर्न आयोगको आह्वान

रेडियो कान्तिपुर संवाददाता

मंसिर २७, २०७६ | काठमाडौं

निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता आह्वान गरेको छ । दल दर्ताका लागि आयोगले १० दिनको अवधि तोकेको प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । निर्वाचनमा भाग लिन चाहाने दलहरुले आजदेखि पुष ६ गतेसम्म आफ्नो दल दर्ता गर्न सक्ने छन् ।

 त्यसका लागि बिहान १० बजे देखि अपरान्ह ४ बजेसम्म संविधानको धारा २६९ को उपधारा (४) बमोजिम सर्तहरु पालना गरि निवेदन दिन सक्ने आयोगका प्रवक्ता श्रेष्ठले बताउनुभयो । निवेदनको ढाँचा आयोगको वेभ साईडमा राखिएको आयोगद्धारा जारी विज्ञप्तीमा उल्लेख छ।

 म्याद नाघेर र प्रक्रिया नपुगेका निवेदन उपर कुनै सुनुवाई नहुने प्रवक्ता श्रेष्ठले बताउनुभयो । राष्ट्रिय सभाका एक तिहाई सदस्यको पदावधि समाप्त भएपछि आगामी माघ ९ गते राष्ट्रियसभा निर्वाचन तय गरिएको छ ।  


प्रतिक्रिया