लागू औषध सहित काठमाडौंबाट २ पक्राउ

मंसिर २८, २०७६ | काठमाडौं

काठमाडौं नयाँ बसपार्क मित्रनगरस्थित एक गेष्ट हाउसबाट प्रहरीले लागूऔषध खैरो हेरोईन सहित २ जनालाई पक्राउ गरेको छ । राप्ती छहरा गेष्ट हाउसबाट प्रहरीले दाङको सिसहनिया–५ का २७ वर्षीय धमेन्द्र गुप्ता र कैलालीको लम्की चुहा नगरपालिका–१ का २१ वर्षीय लोकराज जोशीलाई पक्राउ गरेको हो । 

उनीहरुको साथबाट ६ दशमलव २६ ग्राम खैरो हेरोईन बरामद भएको प्रहरीले जनाएको छ ।

यसैबीच, बर्दियाको ठाकुरबाबा नगरपालिका–२ सिंहबाहिनी भुरी गाउ‘स्थित सडकमा फालिएको शंकास्पद वस्तु निस्क्रिय पार्ने क्रममा एघार किलो चरेश फेला परेको छ । सडकमा फालेको झोला देखेपछि स्थानीयले बमको आशंका गरी प्रहरीलाई खबर गरेका थिए । 


प्रतिक्रिया