दुर्घटनामा मृत्यु भएका १४ मध्ये १२ जनाको सनाखत (अपडेट)

रेडियो कान्तिपुर संवाददाता

मंसिर २९, २०७६ | सिन्धुपाल्चोक

लामोसाँघु जिरी सडकखण्ड अन्तर्गत सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका–७ मा विहान भएको यात्रुबस दुर्घटनामा मृत्यु भएकामध्ये १२ जनाको सनाखत भएको छ । २ जनाको भने सनाखत हुन बाँकी छ । 

इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेका अनुसार मृत्यु भएकामा सिन्धुपाल्चोको जुगल गाउँपालिका–७ की ३७ वर्षिया सविना तामाङ, २८ वर्षीय शुकबहादुर तामाङ, २७ वर्षिया मन्जु तामाङ, ३० रेशमा तामाङ र उनकी १५ महिने छोरी छन् । 

दोलखाको भिमेश्वर नगरपालिकाको ३६ वर्षिया लक्ष्मी श्रेष्ठ, रामेछापको उमाकुण्ड गाउँपालिका–५ का २९ वर्षिया महेश तामाङ, काभ्रेको बेथानचोक गाउँपालिका–५ का ४५ वर्षे रामशरण खत्री र उनकी श्रीमती ३५ वर्षका मैया को पनि पनि मृत्यु भएको हो । यस्तै सिन्धुपाल्चोको लिसंखुपाखर गाउँपालिका–४ का ५३ वर्ष गंगामाया लामा, बलेफी गाउँपालिका–७ चिम्लिङकी ३७ वर्षिया फुलमाया तामाङ र दोलखाको शैलुंगेश्वर गाउँपालिका वडा ६ का १० बर्षीय रन्जीत बस्नेतले पनि दुर्घटनामा ज्यान गुमाएको प्रहरीले जनाएको छ । 

दोलखाको कालिञ्चोकबाट भक्तपुर आउँदै गरेको बा ४ ख ४४६८ नम्बरको बस ६ किलो भन्ने स्थानमा दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको हो । घाइते १८ जनाको सिन्धुपाल्चोक र काभ्रेका विभिन्न अस्पतालमा उपचार भईरहेको छ ।  


प्रतिक्रिया