केयूमा अनिश्चितकालीन तालाबन्दी, परीक्षा स्थगित

पुस १५, २०७६ | काभ्रे

काठमाडौं विश्वविद्यालय (केयू) का प्राध्यापक र कर्मचारीले केन्द्रीय हाताका शैक्षिक र प्रशासनिक कार्यलयमा अनिश्चितकालीन तालाबन्दी गरेका छन् । 

यसअघिका आन्दोलनमा प्रशासनिक कार्यलयमा मात्रै तालाबन्दी गर्दै आएका उनीहरुले सम्झौता कार्यान्वयन नभएको भन्दै सम्पूर्णमा तालाबन्दी गरेको प्राध्यापक संघका पूर्व सभापति विभूतीरञ्जन झाले जानकारी दिनुभयो ।

केन्द्रीय हाता भित्रका डिन कार्यालयहरु, परीक्षा नियन्त्रणको कार्यालय, टेक्निकल ट्रेनिङ सेन्टर सहित प्रशासकिय भवनहरुमा भएको तालाबन्दीका कारण भोलि हुने परीक्षा स्थगित गरिएको सूचना परीक्षा नियन्त्रण कार्यलयले जारी गरेको छ ।

 विज्ञान र इञ्जिनियरिङ संकायका स्नातक तहका आंशिक परीक्षा सञ्चालन हुँदै थिए । यसअघि पनि आन्दोलित शिक्षक विश्वविद्यालयले लिएको परिक्षामा सहभागी नभएपछि विधार्थीलाई नै निरीक्षक राखेर परिक्षा सञ्चालन गरिएको थियो ।

विश्वविद्यालय सभा र कार्यकारी परिषद्मा सहभागी गराउने पूर्वसहमति विपरित प्रशासनले वेवास्ता गरेको भन्दै प्राध्यापक र कर्मचारी आन्दोलनमा छन् ।


प्रतिक्रिया