सात वर्षमा १२ हजार टन फोहोर संकलन

माघ ११, २०७६ | काठमाडौं

बागमती सफाई महाअभियानले ३ सय ५० हप्ता पूरा गरेको छ । सो अवसरमा काठमाडौंको त्रिपुरेश्वरस्थित बाग्मती किनारमा अहिले विशेष कार्यक्रमको आयोजना गरिएको छ । वि.सं २०७० जेठ ५ गते गुहृयेश्वरी मन्दिरको प्रांगणबाट शुरु गरिएको महाअभियानको ७ वर्षको अवधिमा बागमती नदीबाट १२ हजार टन भन्दा बढी फोहर संकलन गरिएको सरोकारवालाले बताएका छन् ।

 सफाई अभियानका क्रममा करीब १० लाख स्वयंसेवीहरुले श्रम दान गरेको बागमती सफाई महाअभियानले जनाएको छ । बागमीतबाट सुरु भएको अभियान अहिले बागमतीका शाखा नदीहरु विष्णुमती, धोवीखोला, हनुमन्ते, मनोहरा, गोदावरी, बल्खु एवं चक्रपथका विभिन्न स्थान तथा भित्री टोलहरुमा समेत विस्तार भएको छ । त्यस्तै उपत्यका बाहिर करिब ९० स्थान भन्दा बढी स्थानमा स्थानीयबासीको सहभागितामा सफाइ कार्यक्रमहरु सञ्चालन भइरहेको अभियन्ता कुलराज भट्टराईले जानकारी दिनुभयो । 


प्रतिक्रिया