बेलर इन्टरनेशल एकेडेमीलाई आइएसओ प्रमाणपत्र

माघ २७, २०७६ | काभ्रे

काभ्रेको बनेपास्थित बेलर इन्टरनेशल एकेडेमीले आइएसओ प्रमाणपत्र प्राप्त गरेको छ । व्यवस्थापन, पठनपाठन र सेवा अन्तर्राष्ट्रिय स्तरको भएका कारण प्रमाणपत्र प्रदान गरिएको आइएसओका कन्ट्री म्यानेजर ध्रुवराज शर्माले जानकारी दिनुभयो । 

विद्यालयको वातावरण, कर्मचारी, व्यवस्थापन, समुदायसँगको सम्बन्ध लगायतका मापदण्डका आधारमा प्रमाणपत्र जारी गरिने उहाँले जानकारी दिनुभयो । प्रमाणपत्र प्राप्त गर्ने बेलर जिल्लाको पहिलो विद्यालय हो । 

एक कार्यक्रमका बीच प्रधानसेनापति पूर्णचन्द्र थापाले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोला थापालाई प्रमाणपत्र हस्तान्तरण गर्नुभयो । प्रधानसेनापति थापाले गुणस्तरीय शिक्षा राष्ट्रको सर्वाङिण विकासको लागि महत्वपूर्ण भएको भन्दै विद्यार्थीमा सेवा भाव जगाउन सेनाले राष्ट्रिय सेवा दल तालिम ७७ जिल्लामा सञ्चालन गरेको जानकारी दिनुभयो । 

परिश्रम र नैतिकतालाई साथसाथै लगे सफलता सम्भव भएको उहाँको भनाई थियो । कार्यक्रममा शिक्षा क्षेत्रमा योगदान दिने रामकुमार बस्नेत, खेलकुद क्षेत्रबाट राम श्रेष्ठ, व्यवसायी श्यामकुमार भालु श्रेष्ठ, सहकुल थापा र दीर्घसेवी शिक्षक लक्ष्मी थापा, रवि भट्टराई, विजय मुस्याजु र अनिषा बैद्यलाई सम्मान गरियो । २०६४ सालमा स्थापना भएको विद्यालयले आफ्नो क्षेत्र सफलता हासिल गर्ने पूर्व विद्यार्थीलाई सम्मान पनि गरेको छ । 


प्रतिक्रिया