एसईईको प्रश्नपत्र तयार

फाल्गुन १४, २०७६ | काठमाण्डौं

– राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईईको प्रश्नपत्र छापीसकेको जनाएको छ । बोर्डका अध्यक्ष चन्द्रमणी पौडेलले विभिन्न ६५ भन्दा बढी विषयमा प्रश्नपत्र छपाइ कार्य सकेको जनाकारी दिनुभयो । छपाईकार्य सकेसंगै केन्द्रीय तवरबाट विभिन्न प्रदेश तथा जिल्लामा प्रश्नपत्र पठाउने तयारी भइरहेको उहाँको भनाई छ । 

यही चैत्र ६ गतेदेखि हुने एसईईका लागि प्रश्नपत्र केन्द्रले तयार पार्ने प्रावधान छ भने परीक्षाका लागि केन्द्र र केन्द्राध्यक्ष स्थानीय तहको समन्वय ईकाईले तोक्ने प्रावधान छ । परीक्षा सञ्चालनको जिम्मा पनि समन्वय ईकाईको रहेको बोर्डका अध्यक्ष पौडेलले बताउनुभयो । 


प्रतिक्रिया