बैतडीको दशरथचन्द नगरपालिकाले पनि बिदा दियो

फाल्गुन १४, २०७६ | बैतडी

– राष्ट्रपति विद्या देवी भण्डारी बैतडी जाने भएपछि दशरथचन्द नगरपालिकाले पनि भोलि सार्वजनिक बिदा दिएको छ । राष्ट्रपति जिल्लामा जाने भएपछि नगरपालिकाले बिदा दिने निर्णय गरेको हो । यसअघि पाटन नगरपालिकाले बिदा दिने निर्णय गरेको थियो । विहीबार दिउँसो २ बजे दशरथचन्द नगरपालिकाको त्रिपुरासुन्दरी मन्दिरमा पुग्नुहुने उहाँ त्रिपुरासुन्दरी मन्दिरमै पूजाआजा गर्ने कार्यक्रम रहेको छ । सिधै मन्दिर पुग्नुहुने उहाँलाई दशरथचन्द नगरपालिकाले पनि नागरिक अभिनन्दन गर्ने छ । 

नगरपालिकामा जाने भएपछि दशरथचन्दले पनि बिदा दिएको बताएको छ । मातहतका सबै कार्यालय बन्द हुने गरि एक दिन सार्वजनीक बिदा दिएको नगर प्रवक्ता चक्र प्रसाद शर्माले बताउनुभयो । पूजाआजा पछि उहाँ पाटन नगरपालिका जाने कार्यक्रम छ । 

पाटनमा अपरान्ह ३ बजे भीमदत्त पोलिटेक्निक इन्स्युच्युटको नवनिर्मित भवनको उद्दघाटन गर्ने कार्यक्रम छ । सोही कार्यक्रममा पनि पाटन नगरपालिका र सम्पूर्ण जिल्लावासीको तर्फबाट राष्ट्रपतिलाई पाटनमै नागरिक अभिनन्दन गरिनेछ । 


प्रतिक्रिया