तीनवटा पेट्रोल पम्पमा छापा

वैशाख १९, २०७७ | पाँचथर

पेट्रोलियम पदार्थको कृत्रिम अभाव सिर्जना गरेको गुनासो आएसँगै जिल्ला प्रशासन कार्यालय पाँचथरले सदरमुकाम फिदिमका ३ वटा पेट्रोल पम्पहरुमा छापा मारेको छ । 

सहायक प्रमूख जिल्ला अधिकारी संयोजक रहेको आपुर्ती व्यवस्था तथा अनुगमन समितिले हिजो साँझ सदरमुकाम स्थित इन्द्रायणी अटो मोवाइल्स, लक्ष्मी ट्रेडर्स एण्ड इन्टरप्राइजेज र झर्ना स्टोरमा छापा मारेको हो ।

पम्पहरुमा जिल्ला प्रशासन कार्यालयले तोकेभन्दा केही धेरै पेट्रोल र डिजेल मौज्दात रहेपनि व्यवसायीले बिक्री नगरी भण्डारण राख्दा अभाव सिर्जना भएको निष्कर्ष निकालेको छ ।

जिल्ला प्रशासन कार्यालय पाँचथरमा केही दिनअघि बसेको सर्वपक्षीय बैठकमा व्यवसायीहरुले डिजेल प्रत्येक पम्पले ६ सय लिटर र पेट्रोल एकसय लिटर मौज्दात राखी बिक्री सहमति गरेका थिए ।  


प्रतिक्रिया