राहत वितरणमा झडप, ९ राउण्ड हवाइफायर

वैशाख २२, २०७७ | सिरहा

सिरहाको मिर्चैया नगरपालिका–७ फूलवरीयामा राहत वितरणका क्रममा झडप भएपछि स्थिति नियन्त्रणमा लिन भन्दै प्रहरीले ९ राउण्ड गोली चलाएको छ । वडा कार्यालयमा राहत वितरण भइरहदा राहत पाउनेको सूचीमा विपन्न परिवारको नाम छुटाएको भन्दै आज मध्यान्ह विवाद भएको थियो ।

 विवादका क्रममा स्थानियले ढुंगामुढा गर्न थालेपछि प्रहरीले ९ राउण्ड हवाइफायर र चार सेल अश्रुग्यास प्रहार गरेको हो । इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायव उपरीक्षक सन्तु जैसवालले राहत वितरणका क्रममा प्रहरीमाथि ढुंगामुढा हुन थालेपछि बाध्यभएर हवाइफायर र अश्रुग्यास प्रहार गर्नुपरेको बताउनुभयो । 

ढुंगा प्रहारबाट प्रहरी सहायक निरीक्षक विरेन्द्र मण्डल, हबल्दार सरस्वती चौधरी, जवानद्वय मनिका अधिकारी र सावित्रा कुमाल सामान्य घाइते भएका छन् ।

वडा कार्यालयले वडाभरीका २ सय ७६ जना विपन्न परिवारलाई राहत वितरणको तयारी गरेको थियो । वडाध्यक्ष रामकुमार यादवले छुटेका परिवारलाई पुन राहत वितरण गरिने जानकारी दिनुभयो ।  


प्रतिक्रिया