आरडिटी परिक्षण गरेर घर पठाएका तीनजनामा कोराना संक्रमण देखियो

असार ४, २०७७ | सल्यान

पिसिआर रिर्पोट आउन ढिलाई भएपछि आरडिटी परिक्षण गरि घर पठाईएका सल्यानको सिद्धकुमाख गाउँपालिकाका तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

गाउँपालिकाको वडा नं २ का ५० बर्षिय, ४ का १८ र ४५ बर्षिय पुरुषमा कोरोना पुष्टि भएको हो । पिसिआर परीक्षणका लागि स्वाव संकलन गरेको दुई साता बितिसक्दा पनि रिर्पोट आउन ढिलाई भएकाले गाउँपालिकाले उनीहरुलाई आरडिटीकै भरमा साता अघि घर पठाएको अध्यक्ष चित्रबहादुर चलाउनेले बताउनुभयो । 

उनीहरुमा कोरोना संक्रमण पुष्टी भएपछि तीनै जनाको घर सिल गरिएको छ । संक्रमितलाई आईसोलेसनमा पठाउने र परिवारको समेत पिसिआर परिक्षण गराउने तथा कन्ट्याक्ट ट्रेसिङ कार्य अघि बढाइएको चलाउनेले बताउनुभयो । 


प्रतिक्रिया