सूर्यविनायक–साँगा सडक दायाँबायाँको रुख काट्न सुरु

अरनिको राजमार्ग सडकखण्ड अन्तर्गत सूर्यविनायक भुलाँचादेखि साँगा सडकको दायाँबायाँको रुख काट्न सुरु ।  तस्बिर : लीला श्रेष्ठ, रेडियो कान्तिपुर ।

असार १३, २०७७ | भक्तपुर

अरनिको राजमार्ग सडकखण्ड अन्तर्गत सूर्यविनायक भुलाँचादेखि साँगा सडकको दायाँबायाँको रुख काट्न सुरु गरेको छ । डिभिजन सडक कार्यालय भक्तपुर र डिभिजन वन कार्यालय भक्तपुरको सहकार्यमा सूर्यविनायक भुलाँचादेखि साँगासम्मको करिब ४ किलोमिटर सडकको दायाँबायाँका विभिन्न जातका ३ सय ९१ रुख शुक्रबारबाट दकाट्न सुरु गरेको हो ।

 ती रुखबाट करिब ११ हजार २ सय क्यूफिट काठ र १५ चट्टा दाउरा निस्किने र डिभिजन वन कार्यालय भक्तपुरले लिलाम गर्ने सहायक वन अधिकृत रामकृष्ण केसीले बताउनुभयो ।

अरनिको राजमार्ग सडकखण्ड अन्र्तगत सूर्यविनायक–साँगा सडकको दायाँबायाँका रुखहरु २५ वर्ष भन्दा माथिको भएको र हावाहुरीले रुख ढल्ने क्रम बढेकोले दुर्घटना न्यूनिकरणका लािग काट्न लागेको जनाएको छ । जेठ यता ४ वटा पुराना रुख ढलिसकेर सडक अवरुद्ध भएको सूर्यविनायक नगरपालिका–८ का वडाध्यक्ष किरण थापाले बताउनुभयो । 


प्रतिक्रिया