टाउको छुट्याएर गाडेको अवस्थामा शव फेला

श्रावण ८, २०७७ | रुकुम पश्चिम

रुकुम पश्चिमको चौरजहारीमा गाडिएको अवस्थामा पुरुषको शव भेटिएको छ । चौरजहारी नगरपालिका–९, गुर्ताल गाउँका ४५ वर्षीय हरिबहादुर मल्लको शव टाउको छुट्याएको अवस्थामा घर नजिकै फेला परेको प्रहरीले जनाएको छ । 

केहीदिन अघि नै टाउको छुट्याएर घर नजिकैको बारीमा गाडेको अवस्थामा शव फेला परेपछि अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कविराज रोकायले जानकारी दिनुभयो ।

घटनामा संलग्न भएको आशंकामा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । हरिबहादुरका सहोदर भाई ३५ वर्षीय भीम भनिने भूपेन्द्र मल्ललाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

शंकास्पद व्यक्तिलाई जिल्लामा ल्याइरहेकाले अनुसन्धानपछि थप कुरा खुल्ने प्रहरी निरीक्षक रोकायले बताउनुभयो । केही वर्षदेखि दुबै दाजुभाइको मानसिक सन्तुलन बिग्रिएको स्थानीयले बताएका छन् । 


प्रतिक्रिया