साउन २६ सम्म सुनसरी निषेधित क्षेत्र घोषणा

श्रावण २१, २०७७ | सुनसरी

– कोरोना संक्रमणको जोखिम कम गर्ने उदेश्यले आज मध्यराती देखि सुनसरी जिल्ला प्रशासनले जिल्लाभरी निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोख्रेलका अनुसार सुनसरीका दुहवी, इटहरी, बराहक्षेत्र, इनरुवालगायतका स्थानीय तहका बजार क्षेत्रमा स्वाब संकलन गरेर पिसिआर परीक्षण गर्दा कोरोना संक्रमण बढेको देखिएकाले साउन २६ गते मध्यराती सम्म जिल्लालाई निषेधित क्षेत्र घोषणा गरिएको छ । 

उहाँले कोरोना संक्रमण फैलनबाट रोक्न संक्रामक रोग ऐन २०२० बमोजिम जिल्ला भर मानिसको आवगमनमा नियन्त्रण गर्न निषेधित क्षेत्र घोषणा गरिएको बताउनुभयो । सो अवधिभर सरकारी तथा सार्वजनिक संस्थाका कर्मचारी, अत्यावश्यक सेवाका कर्मचारीले आफ्नो काममा कार्यालयको समय अघि र पछि हिडडुल गर्न पाउने छन् । नेपाल सरकारले जारी गरेको कोभिड १९ सम्बन्धि स्वास्थ्य प्रोटोकल अपनाएर औद्योगिक क्षेत्र भने खुल्ला गर्न पाइनेछ ।

सरकारी नम्बर प्लेटका र कार्यालयका कर्मचारीले प्रयोग गर्ने सवारी साधन, अत्यावश्यक सेवाका सवारी साधन, ढुवानीका साधन, निर्माण सामाग्री बोकेका सवारी साधन बाहेक अन्य सवै प्रकारका सवारी साधनमा आवागमन बन्द गरिएको प्रजिअ पोखरेलले बताउनुभयो । 


प्रतिक्रिया