चालकसँग ट्राफिकको १ मिनेट ...

कार्तिक २३, २०७७ | गोरखा

जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले ‘चालकसँग १ मिनेट’ कार्यक्रम सुरु गरेको छ । आइतबारबाट गण्डकी प्रदेशका ११ वटै जिल्लामा सुरु भएको कार्यक्रम गोरखामा पनि सुरु भएको हो । 

कोभिड–१९ नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउन अन्त्य भए पश्चात सडकमा सवारी साधानको संख्या वृद्वि भएसँगै सवारी दुर्घटना समेत बढ्न सक्ने भएकाले सम्भावित दुर्घटना न्यूनिकरणका लागि सो अभियान सुरु गरिएको ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख मित्रलाल ढकालले बताउनुभयो । 

प्रदेश ट्राफिक प्रहरी कार्यालयले सुरु गरेको अभियानलाई एक महिनासम्म निरन्तरता दिने ढकालले बताउनुभयो । १ मिनेटको अवधिमा सवारी चालकलाई नमस्कार गर्दै मास्कको अनिवार्य प्रयोग, सिट वेल्ट, मोटरसाइकल चालकलाई हेल्मेट र हेल्मटको फिक्ता अनिवार्य लगाउन आग्रह गर्ने उहाँले बताउनुभयो । 

मापसे तथा लागू औषध सेवन गरी सवारीसाधन नचलाउन र तीब्र गतिमा सवारीसाधन नचलाउन पनि १ मिनेटको अभियान मार्फत सचेतनामूलक सन्देश प्रवाह गर्दै आएको ट्राफिक प्रहरी जनाएको छ । 


प्रतिक्रिया