प्रधानमन्त्रीको घुन्सा र ओलाङचुङगोला भ्रमण स्थगित

मंसिर २, २०७७ | ताप्लेजुङ

प्रधानमन्त्री केपी शर्मा ओलीको ताप्लेजुङको हिमाली गाउँ ओलाङचुङगोला र घुन्सा भ्रमण कार्यक्रम स्थगित भएको छ । 

आगामी शुक्रबार नेपाल चिन सिमाना टिप्ताला भञ्ज्याङ, ओलाङचुङगोलाको बोर्डर आउट पोष्ट (बिओपी) अवलोकन र घुन्सा फाउण्डेसन भवन उद्धघाटन लगायतको कार्यक्रम रहेको थियो । तर पार्टी भित्र बढ्दै गएको किचलोका कारण भ्रमण स्थगित भएको अनुमान गरिएको छ । 

प्रधानमन्त्रीको सचिवालयवाट कार्यक्रम स्थगितको मौखिक जानकारी आएको प्रमुख जिल्ला अधिकारी झरेन्द्र चापागाईले बताउनुभयो । प्रधानमन्त्रीको सुरक्षा ब्यवस्थाकालागी जान लागेको सुरक्षाकर्मीको टोलिपनि रोकिएको सुरक्षा अधिकारीले वताएका छन । 


प्रतिक्रिया