अवैध रुपमा सञ्चालित १० बालुवा प्रशोधन उद्योग बन्द गर्न निर्देशन

मंसिर ७, २०७७ | दाङ

दाङमा अवैध रुपमा सञ्चालित १० बालुवा प्रशोधन उद्योग बन्द गर्न जिल्ला प्रशासनले निर्देशन दिएको छ ।

 जिल्लाका सवै क्रसर उद्योगको अनुगमन गर्दा बालुवा प्रशोधन उद्योगले क्रसरको काम गरेको पाइएपिछ १५ दिनभित्र बन्द गर्न लिखित निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले बताउनुभयो ।

विभिन्न कार्यालयका प्रतिनिधिहरु सम्मिलित टोलीले एक साता लगाएर जिल्लामा रहेका १२ क्रसर तथा ३२ बालुवा प्रशोधन उद्योगको अवस्था र मापदण्डबारे अनुगमन गरेको थियो । 


प्रतिक्रिया