होप इन्टरनेशनल म्यानपावरमा छापा

मंसिर ९, २०७७ | काठमाडौं

कतारको प्रहरी सेवामा लैजाने भन्दै अवैध रुपमा अन्तर्वार्ता लिइरहेको अवस्थामा वैदेशिक रोजगार विभागले आज काठमाडौंको होप इन्टरनेशनल म्यानपावरमा छापा मारेको छ । 

विभागले सो म्यानपावरको विभिन्न कागाजत समेत नियन्त्रणमा लिएको छ । हिजो मात्र विभागले एसओएस म्यानपावर सर्भिस र डीडी इन्टरनेशनल म्यानपावरमा छापा मारी कागजात नियन्त्रणमा लिएको थियो । 

पूर्व स्वीकृति नलिई अन्तर्वार्ता लिएको पाइएपछि छापा हानिएको विभागका अनुसन्धान अधिकृत कुशल बरालले बताउनुभयो । अन्तर्वार्ता लिनका लागि कतारको आन्तरिक मन्त्रालयको मानव संशाधन विभागका उच्च अधिकारीहरु समेत काठमाडौं आएका थिए । 

विभागले ३ वटै म्यानपावर सञ्चालकहरुलाई २४ घन्टाभित्र विभागमा बयान दिनका लागि उपिस्थित हुन निर्देशन दिएको छ । 


प्रतिक्रिया