देउडा खेलेर बन्द गराउँदै दाहाल–नेपाल समूह

महेन्द्रनगरको भानु चोकमा डेउडा खेलेर बन्द गराउँदै दाहाल–नेपाल समूहका नेता कार्यकर्ताहरु । तस्बिर : भवानी भट्ट/रेडियो कान्तिपुर । 

माघ २२, २०७७ | कञ्चनपुर

नेकपाको पुष्पकमल दाहाल–माधव कुमार नेपाल समूहले गरेको बन्दका कारण कञ्चनपुरका जनजीवन पूर्ण रुपमा प्रभावित हुन पुगेको छ । बन्दका कारण यातायात, बजार, विद्यालय पूर्ण रुपमा बन्द भएका छन् । 

अधिकांश सरकारी कार्यालयहरु पनि बन्द गरिएका छन् । बिहीबार बिहानैदेखि नेता कार्यकर्ताहरु बन्द गराउँदै हिँडेका थिए । चोक चोकमा टायर बालेर बजार र यातायात बन्द गराएका छन् । महेन्द्रनगरको बसपार्क छेउमै रहेको भानु चोकमा केहीबेर देउडा खेलेर आन्दोलन गरेका छन् । 

बन्दका कारण ग्रामीण भेगमा समेत यातायात र बजार बन्द भएको छ । आन्दोलनकारीहरुले समाचार संकलन गरिरहेका पत्रकार मदन गिरीमाथि पनि हातपात गरेका छन् । बन्द गराउन प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरु समेत अग्रपंक्तिमा देखिएका छन् । बन्दकर्ताहरुले बिहान नारा जुलुश सहित महेन्द्रनगरमा प्रदर्शन पनि गरेको थियो ।


प्रतिक्रिया