रुपन्देहीमा थप दुई कोरोना संक्रमितको मृत्यु

फाइल तस्बिर 

जेष्ठ ३, २०७८ | तिलोत्तमा

रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । संक्रमणबाट मृत्यु हुनेमा एक पुरुष र एक महिला रहेका छन् । 

स्वास्थ्यमा समस्या देखिएपछि आइतबार अस्पतालमा भर्ना गरिएका रुपन्देहीको सैनामैना नगरपालिका–१ का ३८ वर्षीय पुरुषको सोमबार बिहान साढे ६ बजे मृत्यु भएको हो । 

सिद्धार्थनगर नगरपालिका–१३ की ६५ वर्षीया महिलाको सोमबार बिहान ६ बजेर ४५ मिनेटमा मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा.विष्णु गौतमले बताउनुभयो । उनीहरु दुबै जनाको आकस्मिक कक्षमा राखी उपचार गरिएको थियो ।


प्रतिक्रिया